कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धरानको छोटीमोरङमा ४० फिट अग्लो बुद्धप्रतिमा

अब १७५ फिट अग्लो थाउजेण्ड बिग बुद्ध पनि निर्माण हुने
प्रदीप मेन्याङ्बो

सुनसरी — धरान उपमहानगरपालिका–४ छोटीमोरङस्थित थुम्की डाँडामा ४० फिट अग्लो बुद्धको प्रतिमा स्थापना गरिएको छ । सरकारले ०७४ साउन १६ गते १०.२० हेक्टर जमिन सूर्योदय बुद्धविहार धार्मिक वनको रुपमा प्रयोग गर्न उपलब्ध गराएको थियो ।

धरानको छोटीमोरङमा ४० फिट अग्लो बुद्धप्रतिमा

सोही क्षेत्रमा बौद्ध धार्मिक उपासक, ध्यान प्रेमी र अन्य आन्तरिक र वाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले करिब ३५ लाख रुपैया लागतमा बुद्धको प्रतिमा स्थापना गरिएको हो ।

धनकुटा र धरानको बीचमा पर्ने भेडेटार बजार नजिकै स्थापना गरिएको बुद्धको प्रतिमा प्रदेश १ का प्रमुख पर्शुराम खापुङ्ले आइतबार अनावरण गरेका थिए भने बौद्ध धार्मिक विधिबाट प्राण प्रतिष्ठा भरिएको थियो । बौद्ध विहारका प्रमुख भिक्षु मेद्याङ्कर स्थवीर (नारायण आले)ले भने, ‘यो डाँडामा बुद्धको प्रतिमा राख्नुको उद्देश्य धेरै छ । सूर्योदय विहार पहिलेदेखि नै रहेकाले प्रकृतिकरुपमा सुन्दर, शितल र शान्त स्थान भएकाले सबैभन्दा अग्लो बुद्धको प्रतिमा राख्ने कल्पना एक दशक अघि गरिएको थियो तत्कालिन हङकङ नेपाली महासंघका अध्यक्ष प्रदीप थापासँग । उहाँसँग छलफल गरेपछि जमिन प्राप्त गर्ने प्रक्रियामा लाग्यौं । सरकारले पनि दियो । त्यसमा यो ४० फिट अग्लो बुद्ध प्रतिमा राखिएको हो ।’

हङकङ नेपाली महासंघका पूर्व अध्यक्ष समेत रहेका बुद्ध विहार व्यबस्थापन समितिका अध्यक्ष प्रदीप थापाले पहिलो चरणमा ४० फिटको बुद्ध प्रतिमा स्थापना भएको र दोश्रो चरणमा करिब सवा अर्व रुपैया लागतको विशाल अग्लो बुद्धप्रतिमा राख्ने कार्यमा जुटेको उनले बताए ।

मुख्य प्रतिमाका लागि कन्सल्टेन्ट ली कवुर्सियर्सले डिपिआर तयार गरिरहेको छ । एक महिना भित्रमा डिपिआर तयार गरेपछि १० वर्षभित्र सूर्योदय बुद्ध विहार धार्मिक वनक्षेत्रमा थाउजेण्ड बिग बुद्धको प्रतिमा निर्माण गरिसक्ने भिक्षु मेद्याङकर स्थवीरले बताए ।


फोटो







प्रकाशित : जेष्ठ २३, २०७९ २०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?