कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

बलात्कार आरोपी खड्का कारागार चलान

सुनसरी — नाबालिग छात्रा बलात्कार गरेको आरोपमा पक्राउ परेका इटहरीस्थित ब्लुमिङ लोटस इंग्लिस सेकेन्डरी स्कुलका तत्कालीन प्रिन्सिपल राजकुमार खड्का पूर्पक्षका लागि कारागार चलान भएका छन् । 

खड्कालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत बिहीबार काठमाडौंबाट पक्राउ गरी सुनसरीमा ल्याएको थियो । उनीविरुद्ध पीडित छात्राले २०७२ देखि २०७३ सालको अन्तिमसम्म प्रिन्सिपल हुँदा पटकपटक बलात्कार गरेको उजुरी दिएकी थिइन् । पीडितले २०७४ भदौ २ मा इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिएपछि प्रहरीले आवश्यक अनुसन्धान सकेर सुनसरी जिल्ला अदालतमा मुद्दा दायर गरे पनि खड्का भने फरार थिए । बलात्कृत हुँदा पीडितको उमेर १५ वर्षको थियो ।

खड्कालाई शुक्रबार बिहान सुनसरी जिल्ला अदालतमा हाजिर गराएर सोमबार बयान लिइएको थियो । बयानपछि थुनछेक बहस भएको र उनलाई न्यायाधीश सुवासबाबु पुरीको एकल इजलासले पुर्पक्षका लागि कारागार चलान गरेको हो । उनलाई झुम्का कारागार पठाइएको छ । अदालतका स्रेस्तेदार मोहनबहादुर अधिकारीका अनुसार पीडितले दिएको उजुरीका आधारमा फरार खड्का पक्राउ परेका थिए । खड्कालाई गत बिहीबारै सुनसरीमा ल्याइए पनि दुई दिन बिदा भएकाले सोमबार मात्र बयान लिएर पुर्पक्षका लागि कारागार चलान गरिएको हो । कक्षा ९ मा अध्ययनरत रहँदा होस्टलमा बसेका बेला पटकपटक बलात्कार भएको युवतीको आरोप छ । हाल २२ वर्ष पुगेकी पीडित युवतीका अनुसार उपचार गराउन लैजाने बहानामा प्रिन्सिपल खड्काले पहिलो पटक धरानको एउटा होटलमा लगेर बलात्कार गरेका थिए । खड्काले बलात्कारको भिडियो बनाएर ब्ल्याकमेल गर्दै अरुलाई भनेमा भिडियो सार्वजनिक गरिदिने धम्की दिँदै पटकपटक बलात्कार गरेको आरोप लगाएकी छन् ।

उजुरी दिएर मुद्दा चले पनि फरार खड्कालाई पक्राउ गर्न प्रहरी निष्क्रिय भएको बेला सुन्दरी प्रतियोगितामा सहभागी एक युवतीले ८ वर्षअघि आफु १६ वर्षको हुँदा आयोजक मनोज पाण्डेले बलात्कार गरेको भन्दै सामाजिक संजालमा भिडीयोमार्फत जानकारी सार्वजनिक गरेपछि इटहरीकी ती युवतीले पनि ७ वर्षअघि आफू १५ वर्षको हुँदा भएको घटनालाई जेठ ७ मा सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी थिइन् ।

प्रकाशित : जेष्ठ २०, २०७९ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×