कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

धनकुटामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटामा बुधबार बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका १० का २४ वर्षीय पुरन राई रहेको प्रहरीले जनाएको छ । 

धनकुटामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

कोसी राजमार्गको धरान-धनकुटा सडक खण्ड अन्तर्गत धनकुटा ६ परिचयमोढ नजिक मे ६ प १७५६ नम्बरको मोटरसाइकल बिहान २ बजे दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते राईको बिहान २:३० बजे जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता डीएसपी चिरञ्जिवी दाहालले जानकारी दिए । मृतक राई धनकुटा ६ नासल चोकमा परिवारका साथमा भाडामा बस्दै आएका थिए ।

प्रकाशित : जेष्ठ १८, २०७९ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×