कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

त्रियुगा मतदान केन्द्रको विवाद उच्च अदालत विराटनगर इजलासमा

डिल्लीराम खतिवडा

उदयपुर — उच्च अदालत विराटनगरमा त्रियुगा नगरपालिका १२ जनप्रेमी आधारभूत विद्यालय मतदान केन्द्रमा भएको विवादबारे सुनुवाइ भइरहेको छ । 

त्रियुगा मतदान केन्द्रको विवाद उच्च अदालत विराटनगर इजलासमा

पहिलो रिटका वादी चित्रकुमार कार्कीले विवादको कारण मतगणना कार्य अवरुद्ध हुन पुगेकाले मतगणना कार्य पुनः सुरु गरिपाऊँ भनी रिट दायर गरेका थिए । कार्कीले दायर गरेको रिटमा न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै सोमबारका लागि छलफल बोलाएको थियो ।

अदालतको आदेशअनुसार आज मुख्य निर्वाचन अधिकृतको कार्यालय र रिट दायर गर्ने पक्षबीच अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा छलफल हुने छ । उक्त रिट न्यायधीश दिनेशप्रसाद यादव र किरणकुमारी गुप्ताको इजलासमा सुनुवाइ भइरहेको छ ।

यता स्थानीयको तर्फबाट प्रदेश सांसद सुनिता चौधरीलगायतले दायर गरेको रिटको पनि पहिलो सुनुवाइ हुने भएको छ । त्रियुगा नगरपालिका १२ का १० जनाले दिएको रिटमा उच्च अदालतका न्यायाधीश रामबहादुर थापाको इजालासमा परेको छ ।

प्रकाशित : जेष्ठ ९, २०७९ १४:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?