कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३४

संखुवासभा खाँदबारीको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी

दिपेन्द्र शाक्य

संखुवासभा — खाँदबारी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका महेश थपलिया र उपमेयरमा नेकपा एमालेकी महेश्वरा बज्राचार्य विजयी भएका छन् । थपलियाले ८ हजार ३४ मत ल्याए  भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जितबहादुर घिमिरेले ५५ सय ८९ मत ल्याए ।

संखुवासभा खाँदबारीको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी

उपमेयर निर्वाचित बज्राचार्यले ६ हजार ३ सय ८५ मत ल्याइन् भने नेकपा माओवादी केन्द्रका दिव्य बरालले ५१ सय ४७ मत ल्याए । ०७४ को निर्वाचनमा यहाँ मेयर र उपमेयर नै नेकपा एमालेले जितेको थियो ।


प्रकाशित : जेष्ठ २, २०७९ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?