कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धनकुटाको छथर जोरपाटीमा कांग्रेसका लिम्बु विजयी

धनकुटा — छथरजोरपाटी गाउँपालिकामा गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका छत्रबहादुर लिम्बु विजयी भएका छन् । उनले ४ हजार ३५९ मत प्राप्त गरि जित हात पारेका हुन् । लिम्बुले नेकपा एमालेका उम्मेदवार शेरबहादुर लिम्बुलाई पराजित गरे । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लिम्बूले ४ हजार १६४ मत प्राप्त गरेका छन् । लिम्बु १९५ मतान्तरले पराजित भएका छन् ।

धनकुटाको छथर जोरपाटीमा कांग्रेसका लिम्बु विजयी

यसैगरी, उपाध्यक्षमा गठबन्धनकै नेकपा माओवादी केन्द्रकी गीता गुरुङले ४ हजार ३८७ मतसहित विजयी भएकी छिन् । निकटतम प्रतिस्पर्धी एमालेका तर्फबाट उम्मेदवार गोमा कार्कीले ३ हजार ६९१ मत प्राप्त गरिन् ।

प्रकाशित : जेष्ठ २, २०७९ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?