कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

खोटाङको बराहापोखरी गाउँपालिकामा कांग्रेसका बन्जरा विजयी

डम्बरसिं राई

खोटाङ — बराहापोखरी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका शालिकराम बन्जरा विजयी भएका छन् । उनले तीन हजार एक सय ८१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी एमालेकी गोमा मगरले दुई हजार तीन सय ३० मत ल्याएर पराजित भएकी छन् ।

खोटाङको बराहापोखरी गाउँपालिकामा कांग्रेसका बन्जरा विजयी

उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका भुवलराज राईले दुई हजार छ सय ९४ मत ल्याएर विजयी भएका छन् ।

उनका निकटतम् प्रतिद्वन्दी एमालेका जीवनकुमार राईले दुई हजार दुई सय ९५ मत ल्याएर पराजित भएको निर्वाचन अधिकृत कोपिला राईले बताइन् । उक्त पालिकामा कांग्रेस, माओवादी, एकीकृत समाजवादीको गठबन्धन भएको थियो ।


प्रकाशित : जेष्ठ २, २०७९ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?