कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सोलुखुम्बुको सोताङ गाउँपालिका–१ मा कांग्रेसको प्यानलै विजयी

सोलुखुम्बु — सोलुखुम्बुको सोताङ गाउँपालिका–१ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । कांग्रेसका जंगबहादुर गुरुङले ३ सय ९८ मत पाएका छन् ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लाछे लामिछानेले २ सय ५८ र माओवादी केन्द्रका उम्मेदवार रमेश कुमार राईले १ सय १७ मत पाएका छन् ।

निर्वाचन अधिकृत कुमार कोइरालाका अनुसार वडा सदस्यमा धर्मध्वज बस्नेत, सकुन्तला भूजेल, लक्ष्मी विक र भोलाकाजी राई विजयी भएका छन् ।


प्रकाशित : वैशाख ३१, २०७९ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?