२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९२

भोजपुरमा वडा सदस्यकी उम्मेदवारमाथि आक्रमण

डम्बरसिं राई

खोटाङ — भोजपुरको षडानन्द नगरपालिकामा उम्मेदवारमाथि आक्रमण भएको छ । उक्त नगरपालिकाको वडा नं–१० साङ्पाङमा वडा सदस्य पदमा एमालेबाट उम्मेदवारी दिएकी अनिता तामाङमाथि अज्ञात व्यक्तिहरुले शनिबार राति दश बजे आक्रमण गरेका हुन् ।

तामाङको टाउको चोट लागेको छ । स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि घर फर्किएकी छन् ।

अनुहारमा मास्क लगाएर आक्रमण गरेकाले आक्रमणकारीको पहिचान हुन नसकेको भोजपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले बताए । राईका अनुसार आक्रमण गर्नेको खोजी भइरहेको छ ।

प्रकाशित : वैशाख २५, २०७९ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?