२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२८

छोरी बलात्कारको अभियोगमा बाबु पक्राउ

डम्बरसिं राई

खोटाङ — ऐसेलुखर्क गाउँपालिकामा छुट्टा–छुट्टै घटनामा दुई नाबालिका बलात्कृत भएका छन् । उक्त पालिकाको वडा नं ५ महेश्वरीमा १२ वर्षीया र वडा नं ७ माक्पामा २ वर्षीया नाबालिका बलात्कृत भएका हुन् ।

महेश्वरीमा आफ्नै बाबुले १२ वर्षीया छोरीलाई बैशाख १३ गते बलात्कार गरेको अभियोगमा शुक्रबार पक्राउ परेका छन् । छोरीलाई जबरजस्ती करणी गरेको सूचना आएपछि ऐसेलुखर्कस्थित इलाका प्रहरी कार्यालयबाट खटिएका प्रहरीको टोलीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक उमेश लम्सालले बताए ।

पक्राउपछि थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । माक्पामा २ वर्षीया नाबालिकामाथि १२ वर्षीय नाबालकले बलात्कार गरेको अभियोगमा उनलाई पनि पक्राउ गरिएको डिएसपी लम्सालले बताए ।

प्रकाशित : वैशाख १८, २०७९ १४:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?