२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७५
स्थानीय तह निर्वाचन २०७९

एमाले छाडेकै दिन राप्रपाबाट मेयरको उम्मेदवार बने ओली

आइतबार नै राप्रपा प्रवेश गरेका हुन् श्यामसुन्दर ओली

काठमाडौँ — नेकपा एमाले परित्याग गरेर राप्रपा प्रवेश गरेका श्यामसुन्दर ओलीलाई राप्रपालले कन्काइ नगरपालिकाको मेयर बनाउने निर्णय गरेको छ । ओली आइतबार मात्रै एमाले परित्याग गरेर राप्रपा प्रवेश गरेको घोषणा गरेका थिए ।

एमाले छाडेकै दिन राप्रपाबाट मेयरको उम्मेदवार बने ओली

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आइतबार नै ओलीलाई पार्टी प्रवेश गराएका हुन् । ओली यसअघि एमालेबाट कन्काइ नगरपालिकामा मेयरका आकांक्षी रहेका थिए । तर एमालेबाट टिकट नपाउने भएपछि राप्रपामा प्रवेश गरेको उनका निकटस्थहरू बताउँछन् ।

श्यामसुन्दर ओलीलाई मेयरको उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए । यस्तै राप्रपाले झापाको कचनकवलको प्रमुखमा अञ्जार आलम र उपप्रमुखमा निमसरी राजवंशी, मेचीनगरको मेयरमा रमेश दाहाल, उपमेयरमा सविना बजगाईँ, झापाकै बाह्रदशीमा रामकुमार सिंह राजवंशी र उपप्रमुखमा कमला कार्की, हल्दिबारीको प्रमुखमा रवीन्द्र लिङ्देन, उपप्रमुखमा लक्ष्मी मैनालीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

प्रकाशित : वैशाख ११, २०७९ १४:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?