कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

भेडेटारमा नयाँ वर्ष मनाउनेको भीड

धनकुटा — नयाँ वर्ष मनाउन बिहीबार पुर्वको पर्यटकीयस्थल भेडेटार आसपासका स्थानमा सयौं आन्तरिक तथा वाहृय पर्यटकको घुइँचो लागेको छ । पूर्वका मोरङ, सुनसरी, झापा लगायतबाट आन्तरिक पर्यटक भित्रिएको होटल व्यवसायी रमेश श्रेष्ठले बताए । यसैगरी भारतको बिहार, दार्जिलिंग, सिक्किम लगायत प्रान्तबाट पनि आएको उनले जनाए ।

भेडेटारमा नयाँ वर्ष मनाउनेको भीड

पर्यटकले भेडेटारका होटल भरिभराउ छन् । क्षण भर मै बादलको घुम्टोले छोपिने र उघ्रने तथा चारैतर्फ हरियाली दृश्यावलोकन गर्न सकिने भएकोले भारतको सिक्किमबाट घुम्न आएको भेडेटारमा भेटिएका दिप लेप्चाले बताए । सिक्किमकै रोजी शर्माले पनि पहिलो पटक भेडेटारमा नेपाली नयाँ वर्ष मनाएको बताइन् ।

रमणीय दृश्यावलोकन र यातायातको सहजताले भेडेटारमा पर्यटकको आकर्षण बढेको अग्रज पर्यटन व्यवशायी विष्णु श्रेष्ठको भनाइ छ । स्थानीयस्तरका अर्ग्यानिक मौलिक खानाको परिकार सहित ठन्डा हावापानीले पर्यटकको रोजाइमा परेको होटल एशोसियसन भेडेटारका अध्यक्ष लीलाराज लावतीले बताए । ध्वजेडाँडा, राजारानी ताल, नाम्जे, मुलघाट, धनकुटा, हिले लगायतका स्थानमा आवतजावत गर्ने पर्यटक समेत भेडेटारमा अडिएर रमाउने गरेको उनको भनाइ छ । यस्तै नयाँ वर्षमा मुलघाट, लेउती खोलाका किनारका विभिन्न स्थानमा वनभोज खाने समुह पनि उत्तिकै थिए । तराई क्षेत्रमा गर्मी बढे पछि सिम्सुवा झरनामा नुहाउने र त्यहाॅस्थित पोखरीमा पौडी खेल्ने ओइरिन्छन् ।

प्रकाशित : वैशाख २, २०७९ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×