२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४३

लेटाङ घटना : प्रहरीको हत्यामा संलग्न बालकलाई अविभावकको जिम्मा

बाँकी २० जनालाई कर्तव्य ज्यान मुद्दामा थुनछेकको बहस हुँदै
विनोद भण्डारी

विराटनगर — मोरङको लेटाङ घटनामा ज्यान मुद्दा आभियोग लागेका एक १४ वर्षीय नाबालकलाई जिल्ला अदालत मोरङले मंगलबार अविभावकको जिम्मा लगाउन आदेश दिएको छ ।

लेटाङ घटना : प्रहरीको हत्यामा संलग्न बालकलाई अविभावकको जिम्मा

घटनामा संलग्न ६ जना नाबालकमध्ये पाँच जनाले अभद्र व्यवहार गरेको भन्दै उनीहरुलाई अभद्र व्यवहार मुद्दा चलाएर प्रहरीले १४ वर्षीय नाबालकलाई कर्तव्य ज्यान मुद्दामा मुद्दा दायर गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश शिशिराज ढकालको इजलसले मंगलबार ती नाबालकलाई अविभावकको जिम्मा लगाउने आदेश दिएको अदालतका श्रेस्तेदार टिकेन्द्रवीरजङ राणाले बताए । ती नाबालक घटनास्थल भएको ठाउँ शिक्षा माध्यामिक विद्यालयका विद्यार्थी समेत हुन् ।

लेटाङ ५ खेरुवास्थित शिक्षा माध्यामिक विद्यालयका शिक्षक योगेन्द्र पौडेलले कक्षा ६ मा अध्यनतर एक बालिकालाई यौन दुर्व्यवहार गरेपछि उनलाई नियन्त्रण गर्न पुगेको प्रहरी टोलीलाई उत्तेजित भीडले आक्रण गर्दा चैत ६ गते राति महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो ।

घटनामा ती व्यक्ति संलग्न भएको प्रहरीले पुष्टि गर्दै आजीवन कैदको माग गर्दै जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरे पनि उनी नाबालक भएकाले अविभावकको जिम्मा लगाउने अदालतले आदेश दिएको श्रेष्तेदार राणाले बताए ।

घटनामा संलग्न भएको पुष्टि गर्दै प्रहरीले थप २० जना विरुद्ध कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतको जिम्मा लगाएको छ । उनीहरुलाई बुधबार अदालत समक्ष उपस्थित गराई जिल्ला सरकारी वकिल कार्यालयले बयान लिएर छेकथुनको बहस सुरु गर्ने तयारी गरेको छ ।

चैत ६ गते मोरङको लेटाङमा हिंसात्मक झडप हुँदा प्रहरी जवान २६ वर्षीया श्रेष्ठको मृत्यु भएको थियो । उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक महिला र एक नाबालकसहित २१ जना विरुद्ध कर्तव्य ज्यान मुद्दामा अदालतलाई जिम्मा लगाएको हो ।

प्रहरीले कर्तव्य ज्यान मुद्दामा अदालत बुझाइएका थपमध्ये लेटाङ ५ का ४८ वर्षीय चन्द्र तामाङ भनिने चन्द्र कान्ता लामा, सोही ठाउँका २५ वर्षीय रविन राई, २० वर्षीय रविन तामाङ, ६ का १८ वर्षीय बलराम भनिने पालाराम राई, १८ वर्षीय राम राई, १८ वर्षीय सन्तोष पौडेल, २० वर्षीय हिमाल श्रेष्ठ, लेटाङ ५ का २३ वर्षीय प्रदीप राई, १८ वर्षीय निशा पुलामी मगर, १८ वर्षीय सुरज अधिकारी, १९ वर्षीय संजय मगर रहेका छन् ।

त्यसैगरी छिमेकी मिक्लाजुङ गाउँपालिका २ घर भई लेटाङ ५ मा बस्ने २० वर्षीय कृष्ण विक, लेटाङ ५ का संजीव प्रधान, प्रनिस कट्टेल, झविन भनिने जस्विन पाख्रिन, सनिल लिम्बु, प्रल्हाद खड्का, अर्पण परियार, पासाङ तामाङ र लेटाङ ६ का श्रवण यादव छन् ।

उनीहरुमध्ये केही प्रहरी जवान मारिएको घटनामा नभई विद्यालयको तोडफोडमा मात्र संलग्न भएको पुष्टि भएपछि केहीलाई अभद्र व्यवहारमा मुद्दा सर्ने स्थिति रहेको अदालत स्रोतको दाबी छ ।

प्रहरीले विद्यालयमा भएको तोडफोडमा संलग्नलाई अभद्र व्यवहार र विद्यालयदेखि करिब डेढ किलोमिटर दक्षिण धराने चोकमा भएको दोहोरो झडपमा प्रहरी जवान श्रेष्ठको हत्या भएको घटनामा संलग्नलाई कर्तव्य ज्यान मुद्दामा कारबाही अगाडि बढाएको सरकारी वकिल कार्यालय स्रोतको भनाइ छ ।

शिक्षकले छात्रामाथि चैत ४ गते शुक्रबार फागु पूर्णिमाको दिन घरमै पुगेर यौन दुर्व्यवहार गरेको र ६ गते आइतबार छात्राले विद्यालयमा यसको खुलासा गरेपछि घटना तोडफोड र प्रदर्शन भएको थियो । त्यसपछि मोरङ प्रशासनले चार दिन लेटाङमा कर्फ्यूसमेत लगाएको थियो ।

प्रकाशित : चैत्र २९, २०७८ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?