१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३३३

धार्मिक र ऐतिहासिक महत्त्व भएकाले हलेसी आएँ : ओली

डम्बरसिं राई

खोटाङ — नेकपा एमालेका अध्यक्ष केपी ओलीले धार्मिक पर्यटकीय स्थल हलेसीको विकासका लागि व्यक्तिगत तर्फबाट दुई लाख रुपैयाँ दिने घोषणा गरेका छन् । यस क्रममा उनले धार्मिक र ऐतिहासिक स्थल भएको भन्दै हलेसीको प्रशंसा गरेका थिए ।

धार्मिक र ऐतिहासिक महत्त्व भएकाले हलेसी आएँ : ओली

मन्दिरको दर्शनपछि उनले ११ औं शताब्दिदेखि नै हलेसी धार्मिक, पुरातात्विक तथा ऐतिहासिक स्थल भएको दाबी गरेका थिए । यसका लागि लिखत आधार रहेको उनले बताए ।

हलेसीको बारेमा धर्मशास्त्रहरुमा समेत उल्लेख गरिएकाले यसको अवलोकनमा आएको नेता ओलीले बताए । आठौं शताब्दीमा बौद्धमार्गी पद्म सम्भवले ध्यान गरेको ठाउँ, हिन्दुग्रन्थ र मुन्दुममा पनि हलेसी उल्लेख भएकाले यसको संरक्षण र विकासमा समेत सचेत रहेर काम गरेको उनको दाबी थियो ।

‘धार्मिक, पुरातात्विक तथा ऐतिहासिक थलो भएकाले हलेसीको विकासमा सचेत रहेर काम गरेको हो’ ओलीले भने । यसअघि एक पटक हेलिकप्टरबाट माथि–माथिबाटै हेरेको भए पनि इच्छा पूरा नभएकाले फेरि उक्त धार्मिक स्थल अवलोकन गर्न पुगेकोझ ओलीले बताए । ‘यो चोटि भने ज्ञानभूमि, ध्यानभूमि, तपोभूमिमा आएँ,’ उनले भने । ओलीको साथमा नेता रामबहादुर थापा, एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई लगायत नेताहरु पनि हलेसी पुगेका थिए।

प्रकाशित : चैत्र १९, २०७८ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?