१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

दुई दिनदेखि बेपत्ता महिलाको तमोरमा शव फेला

धनकुटा — धनकुटा नगरपालिका ९ मुलघाटस्थित तमोर नदी किनारमा मंगलबार बिहान एक महिलाको शव फेला परेको छ । मृत्यु हुनेमा मूलघाटमा रहेको विश्रान्ती वृद्धाश्रममा बस्दै आएकी ५६ वर्षीया देवी लामिछाने रहेको प्रहरीले जनाएको छ । 

दुई दिनदेखि बेपत्ता रहेकी लामिछाने नदी किनारमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रवक्ता सुरज कार्कीले जानकारी दिए । मृतक दृष्टिवीहिन हुन् । मृतकको शरीरमा केहि चोट देखिएको कार्कीले बताए । नदीले बगाउँदा ठोक्किएर चोट लागेको हुन सक्ने उनको भनाइ छ ।

मृतक २०७१ सालदेखि वृद्धाश्रममा बस्दै आएकी वृद्धाश्रमका सचिव जनार्दन घिमिरेले जानकारी दिए । उनको परिवार तथा आफन्तजन नभएको घिमिरेले बताए ।

जिल्ला अस्पतालमा पोस्टमार्टम गरी अपराह्न दाहसंस्कार गरिएको थियो ।

प्रकाशित : चैत्र १, २०७८ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?