कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

संखुवासभामा कांग्रेसको चुनावी अभियान सुरु

कान्तिपुर संवाददाता

संखुवासभा — नेपाली कांग्रेस संखुवासभाले आइतबारदेखि चुनावी अभियान सुरु गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन लक्षित 'घरघर जाऔं, कांग्रेस जिताऔं' अभियान सुरु गरिएको हो । 

संखुवासभामा कांग्रेसको चुनावी अभियान सुरु

चैत २९ गतेसम्म चल्ने अभियानमा नागरिकलाई पार्टीका एजेन्डाबारे जानकारी दिने र जनस्तरबाट आएका सुझाव संकलन गर्ने जिल्ला सभापति दीपक खड्काले बताए ।

कांग्रेसको दृष्टिकोण, राष्ट्रिय मुद्दाहरूमा लिइएका अडान र महत्त्वपूर्ण विषयलाई नागरिकसमक्ष पुर्‍याउने केन्द्रीय सदस्य सीता गुरुङले बताइन् । उनका अनुसार अभियान संखुवासभाका ७६ वटै वडामा सञ्चालन हुनेछ ।

प्रकाशित : फाल्गुन २९, २०७८ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?