कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जग्गा जालसाजीको आरोपमा एमाले वडाध्यक्ष प्रहरीको नियन्त्रणमा

कान्तिपुर संवाददाता

संखुवासभा — जग्गा जालसाजीको आरोपमा भोटखोला गाउँपालिका ४ का वडाध्यक्ष किङ्साङ भोटेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयले भोटेलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । भोटे एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।

वडाध्यक्ष भोटेसहित थप ७ जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले बताए । भोटेसहित ७ जनालाई जग्गा किर्ते गरेको आरोप लागेको छ ।

सुवेदीका अनुसार उनीहरुले अपर अरुण जलविद्युत् आयोजनास्थलको मुआब्जा क्षेत्रमा पर्ने जग्गा स्थानीय ७५ वर्षीय बृद्धालाई ललाईफकाई गरेर रजिस्ट्रेसन पास गरेको खुलेको छ । 'मुआब्जाभित्र पर्ने २७ रोपनी जग्गा एक लाख दिएर पास गरेको अनुसन्धानले देखाएको छ,' उनले भने, 'जग्गा किर्ते गर्न ठूलै गिरोह लागेको पाएका छौं ।' आरोपीहरुलाई शनिबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने प्रनाउ सुवेदीले बताए ।

प्रकाशित : फाल्गुन २७, २०७८ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?