कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अपराध रोक्न ‘पर्चा अभियान’

कान्तिपुर संवाददाता

संखुवासभा — जिल्ला प्रहरी कार्यालयले गाउँबस्तीमा हुने अपराध नियन्त्रण गर्न ४८ हजार घरधुरीमा जनचेतनामूलक पर्चा टाँस्ने अभियान सुरु गरेको छ ।

अपराध रोक्न ‘पर्चा अभियान’

१ नम्बर प्रदेशका सचिव कालीप्रसाद पराजुली, १ नम्बर प्रदेशका प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसी, जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्यलगायतले सदरमुकाम खाँदबारीबाट मंगलबार अभियान सुरु गरेका हुन् ।

अभियानअन्तर्गत प्रहरीले चेतनामूलक पर्चा जिल्लाका ४८ हजार घरधुरीमा पुर्‍याउने छ । टोल र घरघरमा प्रहरीको पहुँच बढाउने र कुनै पनि आपराधिक घटनाको तुरुन्त जानकारी गराउन सहज हुने प्रहरीले जनाएको छ ।

१० स्थानीय तहका ७६ वटै वडामा समुदायमा सुरक्षा सचेतना अभिवृद्धि हुने डीएसपी लालध्वज सुवेदीले बताए । पर्चा नबिल बैंक खाँदबारी शाखाले उपलब्ध गराएको हो ।

प्रकाशित : फाल्गुन १८, २०७८ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?