कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१२

बलात्कारपछि हत्या कसुरमा ३६ वर्ष कैद

आनन्द गौतम

ताप्लेजुङ — पाँच महिनाअघि फुङलिङ नगरपालिका १० फुरुम्बुकी एक युवतीलाई भिरबाट धकेली हत्या गरेको कसुरमा पक्राउ परेका राम कार्कीलाई ३६ वर्ष कैद सजाय भएको छ । जिल्ला अदालतका न्यायाधीश प्रकाश राउतको इजलासले आइतबार गरेको फैसलाअनुसार हत्या कसुरमा जन्मकैद र बलात्कार कसुरमा ११ वर्ष कैद सजाय गरेको इजलास सहायक निमा छिरिङ शेर्पाले जानकारी दिए ।

बलात्कारपछि हत्या कसुरमा ३६ वर्ष कैद

पीडकबाट पीडित पक्षलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश भएको शेर्पाले बताए । शेर्पाका अनुसार जन्मकैदको फैसलाअनुसार २५ वर्ष कैद हुन्छ । जबरजस्ती करणीको ११ वर्षसमेत जोड्दा ३६ वर्ष सजायको फैसला सुनाइएको हो । फुङलिङ १० फुरुम्बुमै घर भएका ट्याक्टर चालक कार्कीले भानुजन माध्यमिक विद्यालयमा ११ कक्षामा अध्ययनरत पुष्पा तवेवुङलाई बलात्कारपछि हत्या गरेको ठहर अदालतले गरेको छ ।

उनले गत असोज १५ गते राति फुङलिङ नगरपालिका ५ सेते चौतारा छेउमा लगी भिरबाट धकेली हत्या गरेको कसुरमा प्रहरीले मुद्दा चलाएको थियो । नौ महिनादेखि प्रेममा रहेका कार्कीले सँगै मरौं भनेर ललाइफकाइ गरेर विष सेवन गराएर पहाडबाट धकेलिदिएको दाबी प्रहरीको थियो ।

पुष्पा मृत अवस्थामा भेटिएपछि परिवारले कार्कीमाथि शंका गरी प्रहरीमा किटानी जाहेरी दिएका थिए । पुष्पाको हत्या भएको दुई दिनपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो भने अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।

प्रकाशित : फाल्गुन १६, २०७८ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?