१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०२

साढे तीन महिनापछि बोलाइयो प्रदेशसभा बैठक

देवनायारण साह

मोरङ — प्रदेश १ सभा सचिवालयले प्रदेशसभाको बैठक साढे तीन महिनापछि बोलाएको छ । बिजनेस अभावमा प्रदेशसभा बैठक अन्योल भएको भन्दै आलोचना हुन थालेपछि फागुन १५ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।

साढे तीन महिनापछि बोलाइयो प्रदेशसभा बैठक

मंसिर १ देखि नै प्रदेशसभा बैठक अनिश्चित कालका लागि स्थगित हुँदै आएको छ ।

प्रदेशसभामा हाल एउटा र समितिमा भएको दुईवटा विधेयकमध्ये एउटा प्रदेश सरकारले फिर्ता लिने निर्णय गरेको छ । प्रदेशसभामा हाल प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ रहेको छ । समितिमा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७८, प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ छ । जसमध्ये केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रदेश सरकारले मन्त्रिपरिषद्को निर्णयले फिर्ता लिने निर्णय गरेको हो ।

प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले प्रदेशसभामा हाल एउटा र समितिमा दुई मात्रै विधेयक रहेको बताए । प्रदेश सरकारले हालसम्म कुनैपनि नयाँ विधेयक नल्याएको उनको भनाई छ । प्रदेशसभाको चालु नवौं तथा हिउँदे अधिवेशनमा हालसम्म एउटा पनि विधेयक पारित हुन सकेको छैन ।

प्रकाशित : फाल्गुन १०, २०७८ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?