दिनहुँ बिहान ९ बजेतिर विराटनगरको हाटखोलास्थित मोरङ कारागार छेउको घरबाट एउटा ह्विलचियर मूल सडकमा निस्कन्छ । आदर्श माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत विनीता सहनी सोही स्कुलमा १० कक्षामा पढ्ने अपांगता भएका दाइ कृष्णलाई स्कुल लान ल्याउन ह्विलचियरमा डोर्याइरहेकी हुन्छिन् ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभामुखसँग शुक्रबारसम्मका लागि बैठक स्थगित गर्न आग्रह गरेका छन् । अल्पमतमा परेका मुख्यमन्त्री कार्कीले बिहीबार भएको प्रदेशसभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गरेका थिए ।
पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेशराज दाहाललाई दुर्व्यवहार गर्ने नेपाल विद्यार्थी संघ(नेविसंघ)का नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार बिहान सुनसरी प्रहरीले मोरङको बूढीगंगाबाट नेविसंघ मोरङका सभापति सरोज पोखरेललाई नियन्त्रणमा लिएको हो ।
मोरङ ३(१) मा कांग्रेसका उम्मेदवार मानबहादुर लिम्बूले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको संशोधित निर्वाचन कार्यतालिको समय सीमाभित्र कांग्रेस महासमिति सदस्य लिम्बुले बिहीबार उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रदेश १ सभा सचिवालयले प्रदेशसभाको बैठक साढे तीन महिनापछि बोलाएको छ । बिजनेस अभावमा प्रदेशसभा बैठक अन्योल भएको भन्दै आलोचना हुन थालेपछि फागुन १५ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।