कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संखुवासभामा भीरबाट लडेर एक जनाको मृत्यु

कान्तिपुर संवाददाता

संखुवासभा — मकालु गाउँपालिका–५ आमराङमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मकालु–५ आमराङ गुरुङ गाउँका ५२ वर्षीय सूर्यबहादुर राईको सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नुम बजारबाट घर फर्किने क्रममा भालुढुङ्गा भीरबाट लडेर राईको घटनास्थलमै मृत्यु भएको हो । राई आइतबार दिउँसो अलैँची बेच्न नुम बजार आएका थिए ।

उनलाई सोमबार बिहान भीरबाट लडेर मृत अवस्थामा स्थानीयले फेला परेको प्रहरीले जनाएको छ । घटनाका थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : फाल्गुन ९, २०७८ १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?