२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

बाबुको हत्या आरोपमा पक्राउ

कान्तिपुर संवाददाता

संखुवासभा — संखुवासभाको सभापोखरी गाउँपालिका–२ वितलवमा बाबुको हत्या आरोपमा १७ वर्षीय छोरा सुमन दर्जी पक्राउ परेका छन् । ५० वर्षीय दलबहादुर दर्जीको हत्या गरेको आरोपमा उनका साईँला छोरा सुमन शनिबार पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीका अनुसार शुक्रबार राति करिब १२ बजे ती किशोरले दलबहादुरलाई ह्याम्मरले प्रहार गरेका थिए ।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए । शव पोष्टमार्रटमका लागि जिल्ला अस्पताल संखुवासभा ल्याइएको छ ।


प्रकाशित : फाल्गुन ७, २०७८ १६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?