२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु

डम्बरसिं राई

खोटाङ — खोटाङमा ट्याक्टर दुर्घटना हुँदा बुधबार एक बालकको मृत्यु भएको छ । रावाबेंसी गाउँपालिका–५ दुबेकोलका १३ वर्षीय रोशन विश्वकर्माको ट्याक्टर दुर्घटनामा मृत्यु भएको हो ।

स्थानीय भदौरेबाट ढुंगा लिन चिण्डेश्वरातर्फ जाँदै गरेको प्रदेश–२–०३–००१ त ३२९४ नम्बरको ट्याक्टरले किच्दा विश्वकर्माको मृत्यु भएको हो ।

ट्याक्टर सडक किनारामा कोल्टे पर्नेसाथ खसेका विश्वकर्माको त्यसै ट्याक्टरको चक्काले किचेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सागर शाहका अनुसार विश्वकर्मा त्यही ट्याक्टरमा मजदुरीको काम गर्दै आएका थिए । ट्याक्टर चालक रावाबेसी गाउँपालिका–३ लामीडाडाँका २१ वर्षीय रोशन भुजेल र ट्याक्टरलाई नियन्त्रणमा लिइएको शाहले बताए ।

मृतकको पोष्टमार्टमपछि बिहीबार आफन्तलाई जिम्मा लगाइएको छ । पक्राउ परेका भुजेललाई म्याद थपेर कारबाहीको प्रक्रिया बढाइने शाहले सुनाए ।

प्रकाशित : माघ २०, २०७८ १३:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?