२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

बीपी प्रतिष्ठानमा थप ३ संक्रमितको मृत्यु

सुनसरी — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा बुधबार दुई जना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा चुडामणि पोखरेलका अनुसार मृतकहरुमा धरान ११ बस्ने ६३ वर्षीय र धरान १० बस्ने ५८ वर्षीय पुरुष रहेका छन् ।

बीपी प्रतिष्ठानमा थप ३ संक्रमितको मृत्यु

उनकाअनुसार कोभिड विरुद्धको खोप नलगाएका मधुमेहका बिरामी ६३ वर्षीय पुरुषलाई माघ १२ गते कोरोना संक्रमण पुस्टि भएकै दिन कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनको बिहान ९ बजेर ५५ मिनेटमा मृत्यु भएको थियो ।

खोप लगाएका अर्का मिर्गौला रोगी ५८ वर्षीय पुरुषको बिहान ७ बजे मृत्यु भएको थियो । माघ १६ गते भर्ना गरिएका उनको पनि माघ १२ गते नै संक्रमण पुष्टि भएको थियो ।

यसअघि संक्रमण पुष्टि भएपछि माघ १७ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका धरान ८ का ५२ वर्षीया संक्रमित महिलाको मृत्यु भएको थियो । महिलाको मंगलबार राति १० बजे प्रतिष्ठानको कोडिभ अस्पतालमा मृत्यु भएको सहप्रवक्ता डा पोखरेलले जनाए । मृतक महिलाले कोभिडविरुद्धको खोप लगाएकी थिइन् । उनलाई मिर्गौला, उच्च रक्तचाप र मधुमेहको समस्या भएको चिकित्सकले जनाएका छन् ।

प्रकाशित : माघ १९, २०७८ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?