कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्यालयमै खोप

पर्वत पाेर्तेल

काँकडभिट्टा — आइतबारदेखि झापामा विद्यार्थीलाई लक्षित गरी खोप लगाउन थालिएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाले झापाका १५ वटै पालिकाका १२–१७ उमेर समूहका बालबालिका र किशोर–किशोरी लाई मोडर्ना खोप लगाउन थालिएको जनाएको छ ।

विद्यालयमै खोप

फोकल पर्सन जीवन चम्लागाईंले माघ १६ देखि २० गतेसम्म जिल्लाभरी खोप अभियान सुरु गरिएको जनाए । अर्जुनधारा नगरमा भने मंगलबारदेखि मात्रै खाोप अभियान सुरु हुँदैछ । उनले करिब १ लाख ५ हजार बालबालिका र किशोरकिशोरीलाई खोप दिइने जनाए ।

बालबालिकालाई खोप लगाउन विद्यालयका शिक्षक र अभिभावक आफै खटिएका छन्। स्थानीय काँकडभिट्टा माविमा बिहानैदेखि खोप लगाउने विद्यार्थीहरुको भीड बढेको थियो ।

‘आइतबार सामुदायिक स्कुलका करिब साढे पाँच सयभन्दा बढी विद्यार्थीलाई खोप दिइयो,’ स्वास्थ्य चौकी काँकडभिट्टाका अहेव लेखनाथ खतिवडाले भने,‘आइतबार पनि निजी स्कुलका पाँच सय हाराहारीमा खोप दिइने छ ।’


प्रकाशित : माघ १७, २०७८ १२:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?