कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सामूहिक बलात्कारको आरोपमा थप एक जना पक्राउ

मोरङ — सुन्दरहरैंचा नगरपालिका ४ बलियामा ६ जना छोराछोरीकी ३० वर्षीया आमालाई अपहरण शैलीमा होटल लगेर सामूहिक बलात्कार गरेको आरोपमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

सुन्दरहरैंचा ४ घर भई बेलबारीमा बस्दै आएका २७ वर्षीय मनोज श्रेष्ठलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मन्जिल मुकारुङले बताए ।

यसअघि मनोजका दाइ तथा बलात्कार भएको श्रेष्ठ होटल एन्ड फेमिली लज सञ्चालक ३६ वर्षीय अर्जुन भन्ने हिमबहादुर श्रेष्ठलाई यसअघि नै प्रहरीले पक्राउ गरेका थिए । सामूहिक बलात्कार घटनाका फरार आरोपित झापा घर भएका रामबहादुर नेपालीको खोजी भइरहेको मुकारुङले बताए ।

अर्जुन जिल्ला अदालत सुनसरीमा विचाराधीन मानव बेचबिखन मुद्दाको फरार अभियुक्त रहेको छ । मुकारुङले जिल्ला प्रहरी सुनसरीलाई अर्जुनको विषयमा के, कुन मुद्दा कस्तो अवस्थामा रहेको बारे जानकारी माग गरेको र त्यो आएपछि मात्रै वास्तविकता भन्न सकिने बताए ।

पीडित महिलाकी बहिनीले दिएको किटानी जोहेरीका आधारमा पक्राउ परेका दुबै जनालाई जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान भइरहेको उनले बताए ।

सुनसरीको इटहरीबाट गछियास्थित बहिनीको घर जाने क्रममा बाटो अलमलिएपछि रामबहादुरले पुर्‍याइदिने भन्दै प्रदेश२–०१–००१च २२७ नम्बरको सुजुकी भ्यानमा लिएर होटेलमा लगी सामूहिक बलात्कार गरेको आरोप छ । उनीहरुले बलत्कार गर्ने क्रममा पिडित महिलाको यौनाङमा हातसमेत हालेकाले यौनाङ च्यातिएर अत्यधिक रक्तश्राव भएको थियो ।

पीडित महिला सपरिवार खोटाङबाट तीन महिना अघि बसाई सरेर बेलबारी नगरपालिका ४ काकुम आएकी हुन् । परिवार पाल्न नसक्ने भएपछि उनको पतिले कान्छी छोरीलाई आमासँगै छोडेर ३ छोरा र २ छोरी लिएर खोटाङ नै फर्केको पीडित महिलाको बुवाले बताए । छोरी र आफ्नो गुजाराका लागि पीडित महिलाले दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्दै आएको उनले सुनाए ।

प्रकाशित : माघ ११, २०७८ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?