कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

बलात्कार आरोपमा मोरङमा युवक पक्राउ

मोरङ — सुनवर्षी नगरपालिका–७ मा एक किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । बलात्कार आरोपमा स्थानीय २२ वर्षीय सुरेन्द्र ऋषिदेवलाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको छ ।

बलात्कार आरोपमा मोरङमा युवक पक्राउ

अपाङता भएकी १७ वर्षीया किशोरीलाई उनकै घरमा गएर बलात्कार गरेको उजुरी आएपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको इलाका प्रहरी रंगेलीका प्रहरी निरीक्षक अनमोल खडकाले बताए ।

ऋषिदेवले किशोरीलाई भान्छा कोठामा लगेर बलात्कार गरिरहेको अवस्थामा किशोरीकी आमाले देखेपछि हल्ला गरेको पीडित परिवारले जनाएको छ । हल्ला भएपछि फरार भएका ऋषिदेवलाई रंगेली प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरी निरीक्षक खड्काले ऋषिदेवलाई जबरजस्ती करणी मुद्दामा बिहीबार जिल्ला अदालत मोरङबाट म्याद थप गराएर अनुसन्धान सुरु गरेको बताए ।

प्रकाशित : माघ ७, २०७८ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?