कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आगो ताप्ने क्रममा विवाद : ट्रक चालकको कान काटेर दुई युवक फरार

मोरङ — मोरङको सुन्दरहरैंचा नगरपालिका–१२ विराटचोकमा आगो ताप्ने क्रममा भएको विवादमा झगडा हुँदा दुई युवाले एक ट्रक चालकको कान काटेर फरार भएका छन् ।

उर्लाबारी नगरपालिका ७ का ५२ वर्षीय बोधविक्रम मुखियाको देब्रे कान काटिएको हो । उनको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रदेश१–००१ख ८१८९ नम्बरको ट्रक मुखियाले विराट चोकस्थित एक होटेलमा राति खाना खाएर सडकमा बालिएको आगो ताप्न गएका थिए ।

पहिलेदेखि नै आगो तापिरहेका स्थानीय युवाहरुसँग विवाद भएको इलाका प्रहरी बेलबारीका प्रहरी निरीक्षक सरोज खनालले बताए । विवाद क्रममा कान काटेर फरार भएका व्यक्तिको खोजी गरिरहेको उनले बताए ।

प्रकाशित : माघ ७, २०७८ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?