कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुनसरीमा कोरोना नियन्त्रणका लागि प्रशासनद्वारा १२ बुँदे आदेश जारी

सुनसरी — कोरोना संक्रमण तीव्र रुपमा बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले बुधबार १२ बुंदे आदेश जारी गरेको छ ।

जिल्लाको डिसीसीएमसीको बुधबार बसेको बैठकपछि प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भीड नियन्त्रणका लागि सूचना जारी गरेका हुन् ।

कोरोना रोकथामका लागि जारी गरिएको मापदण्ड अनुसार जिल्लाभर सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, दोहोरीलगायत भीडभाड हुने सबै प्रकारका कार्यक्रममा रोक लगाइएको छ ।

माघ १५ गतेसम्मका लागि यस्ता स्थानमा कार्यक्रम नगर्न भन्दै प्रशासनले पूर्ण रुपमा रोक लगाएको छ । जारी गरिएको मापदण्डमा भनिएको छ, ‘माघ मसान्तसम्म सबै प्रकारका आमसभा, जुलुस, सभा वा धेरै मानिस भेला हुने क्रियाकलापहरूमा पनि रोक लगाइएको छ ।’ यस्तै सार्वजनिक निकायहरूमा सेवाग्राहीहरूलाई खोप कार्ड अनिवार्य गरिएको छ ।

सुनसरीमा मंगलबार बर्जु गाउँपालिकास्थित बर्जु महोत्सवको क्रममा झडप र आगजनी भएपछि प्रशासनले सम्भावित भीड रोक्नका लागि नयाँ आदेश दिएको हो ।

प्रकाशित : माघ ५, २०७८ २०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?