कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अन्तु भ्याली चिया कारखानामा आगलागी

इलाम — इलामको सूर्योदय नगरपालिका ४ अन्तुमा रहेको अन्तु भ्याली चिया कारखानामा आगलागी हुँदा करोडौंको क्षति भएको छ । आगलागीबाट कारखानाका सबै संरचना जलेर नष्ट भएका छन् । इलाम टी प्रोर्डयुसद्वारा सञ्चालित कारखानामा आइतबार दिउँसो आगलागी सुरु भएको थियो ।

आगोले चिया कारखानाको ३ वटा चिया प्रशोधन गर्ने भवनसहित सम्पूर्ण मेसिन औजार जलेर नष्ट भएको हो । आगलागीबाट कारखानामा रहेको तयारी चियासमेत जलेर नष्ट भएको छ ।

आगलाग हुनासाथ स्थानीयले निभाउने प्रायस गरे पनि सफल भएनन् । आगो नियन्त्रण बाहिर गएपछि सूर्योदय नगरपालिकाका दुईवटा बारुणयन्त्र, इलाका प्रहरी कार्यालय पशुपतिनगर र सशस्त्र प्रहरीले अबेर मात्र आगो नियन्त्रणमा लिएका थिए । कारखानाका ठूला तीनवटा भवन, चिया प्रशोधन गर्ने सबै मेसिन र प्रशोधन गरिएको तयारी चिया सबै जलेर नष्ट भएको ूइलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देउप्रसाद लिम्बूले जानकारी दिए । आगलागीबाट करोडौंको क्षति भएको कारखानाका किसन गिरीले बताए । पुरानो यो कारखानाको दैनिक १६ हजार किलो हरियोपत्तीसम्म प्रशोधन गर्ने क्षमता छ ।


प्रकाशित : माघ २, २०७८ २०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?