कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश १ मा ३४७ जना नयाँ संक्रमित

विराटनगर — आइतबार प्रदेश १ मा ३ सय ४७ संक्रमित थपिएका छन् । साथै २१ जना संक्रमणमुक्त भएका छन् । ३५ जना संक्रमितको भने प्रदेशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बाँकी १ हजार ६ सय ५० जना होम आइसोलेसनमा छन् ।

प्रदेश १ मा ३४७ जना नयाँ संक्रमित

सामाजिक विकास मन्त्रालयले आइतबार जारी गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन अनुसार ६ सय ९५ को पीसीआर परीक्षण गरिंदा ३ सय ४ जना (४३.७४ प्रतिशत) र २ सय ५६ को एन्टिजेन जाँच हुँदा ४३ जना (१६.८ प्रतिशत) संक्रमित देखिएका छन् ।

विराटनगरकै १ सय ३७ सहित मोरङमा १६६, झापामा ५८, सुनसरीमा ५१, उदयपुरमा ५, भोजपुर र ताप्लेजुङमा २/२, खोटाङमा १ र प्रदेश बाहिरका जिल्लाका १९ जना संक्रमित भएको प्रतिवेदनमा उल्लेख छ ।

एन्टिजेन परीक्षणमा संक्रमित देखिएकामध्ये १९ मोरङका, झापाका १३, भोजपुरका ८, ओखलढुंगाका २ र खोटाङका १ जना भएको मन्त्रालयले जनाएको छ ।

यस्तै अस्पतालमा भर्ना हुने र होम आइसोलेसनमा संक्रमित थपिने क्रम बढेको बताइएको छ । अस्पतालमा भर्ना भएका ३५ जनामध्ये १७ जनाको आईसीयूमा, ५ को भेन्टिलेटरमा, ११ को एचडीयूमा र १ जनाको आइसोलेसन बेडमा उपचार भइरहेको छ ।

शनिबारको तुलनामा अस्पतालमा भर्ना हुनेमा ८ र होम आइसोलेसनमा २ सय ७५ जना थपिएका छन् । अस्पतालहरूमा शनिबार २७ जना र होम आइसोलेसनमा १ हजार ३ सय ७५ जना थिए ।

कोरोना कहरको पहिलो चरणदेखि हालसम्म ५ लाख ६ सय ३५ को पीसीआर परीक्षणमा १ लाख १० हजार ४ सय ३६ (२२.०६ प्रतिशत) र १ लाख ६९ हजार ६ सय ६५ को एन्टिजेन जाँचमा ४४ हजार ७२ (२५.९८) संक्रमित देखिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : माघ २, २०७८ १६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?