कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मकर नुहाउने क्रममा नदीले बगाएर मृत्यु

लक्ष्मी गौतम

पाँचथर — पाँचथरको तुम्बेवा गाउँपालिका १ का एक युवकको तमोर नदीले बगाउँदा मृत्यु भएको छ ।

मृत्यु हुनेमा २९ वर्षीय इन्द्रबहादुर बुडाथोकी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । शनिबार मध्यान्ह मकर नुहाउन तमोर लिफ्टिङ आयोजना क्षेत्रमा गएका उनलाई नुहाउने क्रममा खोलाले बगाएको थियो ।

उनलाई खोलाले बगाएपछि प्रत्यक्षदर्शी स्थानीयले गाउँले र प्रहरीलाई खबर गरेका थिए । उनको खोजीका लागि प्रहरी चौकी मौवा र नावाखोलाबाट प्रहरी टोली खटाइएको टोलीसँगै स्थानीयले साँझ ४ बजे मृत अवस्थामा फेला पारेका थिए ।

बुडाथोकीको शव पोष्टमार्टम गरी परिवारलाई बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) राकेश थापाले जानकारी दिए ।

प्रकाशित : माघ १, २०७८ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?