कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तीन थान भरुवा बन्दुकसहित एक जना पक्राउ

मोरङ — प्रहरीले लेटाङ नगरपालिका-९ स्थित बसन्त हरियाली सामुदायिक वनबाट तीन थान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । शुक्रबार प्रहरीले मिक्लाजुङ गाउँपालिका-५ का ६० वर्षीय इन्द्रबहादुर राईलाई पक्राउ गरेको हो । 

तीन थान भरुवा बन्दुकसहित एक जना पक्राउ

अस्थायी प्रहरी चौकी जाँतेबाट खटिएको प्रहरी टोलीले वनभित्र भरुवा बन्दुक बोकेर हिँडिरहेको अवस्थामा राईलाई पक्राउ गरेको जिल्ला प्रहरी मोरङका सूचना अधिकारी दिपक श्रेष्ठले जानकारी दिए ।

राईको साथबाट लोड भएको तीन थान भरुवा बन्दुक, दुई डब्बा बारुद, १८ थान गोली, ५ पोका छर्रा, खुकुरी र गुलेली बरामद भएको उनले बताए ।

प्रकाशित : पुस ३०, २०७८ १६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?