कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सखुवाका काठसहित ट्याक्टर चालक र सह-चालक पक्राउ

लक्ष्मी गौतम

पाँचथर — पाँचथर प्रहरीले ट्याक्टरमा ल्याउँदै गरिएको १ सय ५३ थान सखुवाका काठसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । याङनामबाट फिदिमतर्फ ल्याइँदै गरेको उक्त काठ अवैध रहेको प्रहरीले जनाएको छ । 

सखुवाका काठसहित ट्याक्टर चालक र सह-चालक पक्राउ

पक्राउ गरिएकाहरूमा मे १ त ३६३३ नम्बरको ट्याक्टरसहित फिदिम-३ लालिखर्क घर भएका ३० वर्षीय चालक धनजित राई र सहचालक कुम्मायक गाउँपालिका-२ यासोकका १९ वर्षीय विनय लावती रहेको जिल्ला प्रहरी कार्यालय पा‍ँचथरले जनाएको छ ।

उनीहरूलाई बुधबार राति पक्राउ गरिएको हो । पक्राउ गरिएको काठसँगै ट्याक्टर चालक र सह-चालकलाई डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : पुस २९, २०७८ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?