कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लेटाङमा वृद्ध मृत फेला

मोरङ — लेटाङ नगरपालिका–२ मा एक जना वृद्ध मृत फेला परेका छन् । मृतक ६० वर्षीय प्रेमबहादुर बुढाथोकीको हत्या आरोपमा स्थानीय ८१ वर्षीय डम्बरबहादुर भुजेललाई इलाका प्रहरी लेटाङले नियन्त्रणमा लिएको छ ।

बुढाथोकी भुजेलको घरमा पाहुना बस्न आएका थिए । बुढाथोकीको शव भुजेलको आँगन अगाडिबाट प्रहरीले बरामद गरेको जिल्ला प्रहरी मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले बताए । बुढाथोकी र भुजेल दुवै जना सोमबार साँझ सँगै मदिरा सेवन गरेको स्थानीयको भनाइ छ ।

मदिरा सेवन गर्ने क्रममा भएको विवादमा भुजेलले बुढाथोकीको टाउकोमा धारिलो हतियारले प्रहार गरेपछि मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक श्रेष्ठले घटनाका बारेमा अनुसन्धान भइरहेको त्यसपछि मात्रै हत्याको कारण खुल्ने बताए । बुढाथोकीको शव पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको उनले सुनाए ।

प्रकाशित : पुस २७, २०७८ १३:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?