कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

एमाले भोजपुरमा शरणकुमार राई

काठमाडौँ — नेकपा (एमाले) जिल्ला कमिटी भोजपुरको सर्वसम्मत् नेतृत्व चयन भएको छ । एमालेले शरणकुमार राईको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको हो ।

एमाले भोजपुरमा शरणकुमार राई

कमिटीको उपाध्यक्षमा मक्कर खड्का, सचिवमा किरण राई,उपसचिवमा ध्यानबहादुर राउत र धर्म किराँती सर्वसम्मत चयन भएका छन् ।

एमालेको आठौं जिल्ला अधिवेशनबाट पाँच पदाधिकारीसहित ९० सदस्य जिल्ला कमिटी चयन भएको हो ।

जिल्ला अध्यक्षमा शरणकुमार राई र मक्कर खड्काको दाबेदारी रहेको थियो । दुई जनाबीच सहमति गराउन शुक्रबारबाट सुरु भएको अधिवेशन आइतबारसम्म लम्बिएको थियो ।

प्रकाशित : पुस २६, २०७८ १४:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×