२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

एमाले मोरङ अध्यक्षमा पोखरेल

मोरङ — एमाले मोरङको नवौं जिल्ला अधिवेशनबाट अध्यक्षमा ऋषिकेश पोखरेलसहित ५ जना पदाधिकारी सर्वसम्मत निर्वाचित भएका छन् । यससँगै अध्यक्षमा पोखरेलको यो दोस्रो कार्यकाल हुनेछ ।

एमाले मोरङ अध्यक्षमा पोखरेल

उपाध्यक्षमा बाबुराम कार्की, सचिवमा रुपेश खतिवडा, उपसचिवमा शान्ति भुजेल र अर्का उपसचिवमा सन्तोष साह निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन अधिकृत चुडामणि आचार्यले ५ जना पदाधिकारीमा ५ जनाको मात्रै उम्मेदवारी परेकोले सबै प्रक्रिया पूरा गरेर सर्वसम्मत निर्वाचित भएको घोषणा गर्ने बताए ।

उनका अनुसार १६५ सदस्यीय जिल्ला कमिटीमा १६० जना सदस्यका लागि ३९४ जनाको उम्मेदवारी परेको थियो । एमालेका अध्यक्ष केपी शर्मा ओलीले ६१ जिल्लाको अधिवेशन शुक्रबार एकै दिन संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

प्रकाशित : पुस २४, २०७८ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?