कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुल भासिएपछि जोगवनी नाकाबाट आयात-निर्यात ठप्प

विनोद भण्डारी

विराटनगर — भारतको वथनाहमा रहेको मिरगञ्ज पुल भासिएपछि जोगवनी नाकाबाट हुने आयात र निर्यात शुक्रबारदेखि ठप्प भएको छ । पाँच वर्षअघिको भीषण बाढीले उक्त पुल क्षतिग्रस्त हुँदा यो नाकाबाट हुने आयात निर्यात ठप्प हुँदा झण्डै एक वर्ष ४५ किलोमिटर सडक घुमेर सुनसरीको भण्टाबारी नाकाबाट आयात-निर्यात गरिएको थियो ।

तर अररीया प्रशासनले बिहीबार रातिदेखि पुलबाट ठूला सवारी साधन आउजाउमा रोक लगाएपछि सामान आयात र निर्यात रोकिएको विराटनगर भन्सारका अधिकृत अमित तिवारीले बताए । उनका अनुसार प्रशासनले रोक लगाएसँगै जोगवनी नाकाबाट आयात निर्यात पूर्ण रुपमा ठप्प भएको छ ।

जसकारण जोगवनी नाकाबाट शुक्रबार एउटा पनि मालवहाक गाडी आउजाउ भएका छैनन् । पुलबाट खाली गाडी पनि फर्कन पाएका छैनन् ।तिवारीले भने, 'मालवाहक गाडीको त कुरै भएन । उक्त पुल मर्मत गरेर सञ्चालन हुँदैआएको थियो ।'

विराटनगर भन्सार, जोगवनी भन्सारका प्रतिनिधिसहित मोरङ व्यापार संघ, उद्योग संगठन, नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीले भने शुक्रबार वैकल्पिक बाटोको खोजी गरेका छन् । करिब १५ किलोमिटर घुमेर भारतको कुर्साकट्टा नाकाबाट आयात निर्यात गर्न सकिने स‍म्भावना देखिएको तिवारीले बताए ।

यद्यपि उक्त वैकल्पिक सडक प्रयोग गर्न सकिने नसकिने टुङ्गो लागेको छैन । जोगवनी नाकाबाट हुने आयात निर्यातबाट विराटनगर भन्सारले दैनिक १५ करोड राजश्व असुली गर्दैआएको छ ।

प्रकाशित : पुस २३, २०७८ १५:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?