२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

बालिका बलात्कार आरोपमा २० वर्षीय युवक पक्राउ

धनकुटा — बालिका बलात्कार गरेको आरोपमा धनकुटा नगरपालिका ९ छिम्सुवाका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय १० वर्षीया बालिकालाई गत असोज ९ गते बलात्कार गरी फरार भएका २० वर्षीय सरोज भनिने गोपी बस्नेत शुक्रबार पक्राउ परेको प्रहरीले जनाएको छ । उनलाई नेपाल-भारत सीमा क्षेत्रबाट प्रहरीले पक्राउ गरेको जनाएको छ ।

गोठालो गएको बेला बस्नेतले बालिकालाई बलात्कार गरेको र त्यसबारे पीडित पक्षले उजुरी दिएपछि फरार भएको बताइएको छ । प्रहरी प्रवक्ता डिएसपी सुरज कार्कीका अनुसार सीमा क्षेत्रमा लुकीछिपी बस्दैआएको अवस्थामा आरोपीलाई पक्राउ गरिएको हो ।

अभियुक्त बस्नेतलाई जबरजस्ती करणी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालतमा म्याद थप गरिएको जनाइएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रकाशित : पुस १७, २०७८ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?