कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

मत्स्यनारायण मन्दिरमा मलमास मेला

तस्बिर : केशव थापा

काठमाडौँ — प्रसिद्ध चार नारायणमध्ये एक महत्त्वपूर्ण नारायणका रुपमा रहेको मत्स्यनारायणको एक महिने मेला चलिरहेको छ । मलामसको समयमा अन्य धार्मिकस्थलमा पूजा गर्दा पूण्य मिल्दैन भनिए पनि काठमाडौंको दक्षिण पश्चिमको मच्छेगाँउमा अवस्थित मत्स्यनारायण मन्दिरमा मलमासको समयमा एक महिनासम्म विशेष मेला लाग्ने गर्दछ ।

मत्स्य पुराणमा उल्लेख भएअनुसार सत्ययुगका राजा सत्यव्रतले नदीमा सन्ध्या पाठ गर्ने क्रममा अन्जुलीमा सानो माछा आएर बसेको र सो माछालाई नदीमा बगाउन खोज्दा आफूलाई ठूलो माछाले खाइदिने भन्दै राजाकै शरणमा बस्ने इच्छा सुनाएपछि राजाले आफ्नो कमण्डलुमा माछा पालेको र पछि त्यो ठूलो भइ कमण्डलुमा नअट्ने गरी शंख चक्र गद्या पद्यम सहितको आधा माछाको रुपमा विष्णु भगवानले दर्शन दिएपछि मत्स्य नारायणको स्थापना गरी मलमासको समयमा पूजा गर्ने गरेको किंवदन्ती रहेको छ ।

मलमासको बेलामा कुनै पनि शुभकार्य गर्न हुँदैन भन्ने मान्यता रहेका कारण यो महिनामा चोखो भई बस्ने र नारायण दर्शन एवम् पुजा गर्नुपर्ने परम्परा रहेको छ । श्रावण २ गते सुरु भएको मेला भदौ २ मा समापन हुँदै छ ।


प्रकाशित : श्रावण २२, २०८० १२:०१
प्रतिक्रिया
पठाउनुहोस्