कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

तस्बिरमा पेले

रासस/एएफपी/एपी

काठमाडौँ — विश्व खेलकुदले पाएको अहिलेसम्मकै सबैभन्दा ठूलो नाम हो, पेले । उनी फुटबल खेलाडी थिए, त्यसैले यो खेलका निर्विवाद रूपमा सबैभन्दा राम्रा खेलाडी भए नै । एक प्रकारले उनी फुटबल खेल र ब्राजिल देशकै पर्यायजस्तै रहे ।

सन् १९९८ मा पूर्वी फ्रान्सको नान्सी स्टेडियममा विश्वप्रसिद्ध खेलाडीहरू अर्जेन्टिनाका डियगो म्याराडोना (बायाँ)‚ ब्राजिलका पेले (बीचमा) र फ्रान्सका मिसेल प्लाटिनी । अर्जेन्टिनाका म्याराडोनाको ६० वर्षको उमेरमा हृदयघातका कारण मृत्यु भएको थियो । तस्बिर : एपी/रासस

यिनै पेलेको बिहीबार ८२ वर्षको उमेरमा निधन भयो । फुटबललाई सुन्दर खेल भनिन्छ, यसले धेरैलाई आफ्नो व्यक्तिगत दुःख बिर्सन मद्दत गर्छ । फुटबल आफैँमा एउटा कला हो । फुटबलले यो सबै उपमा किन पाएको थियो भने यससँग पेलेजस्ता खेलाडी थिए, जसले आफ्नो दुई दशक लामो खेल जीवनमा जादुयी प्रदर्शन गरेर सबैको मन जिते ।

सन् २०१५ अप्रिल १७ मा न्युयोर्क कसमसमा फुटबलका विश्वप्रसिद्ध खेलाडी पेले (बायाँ) र फ्रान्ज बेकनबावेर । तस्बिर : एएफपी/रासस

चारपटक विश्वकप खेलेका उनले ६ दशकभन्दा बढी फुटबल खेलाडीको रुपमा बिताए । उनले आफ्नो २१ वर्ष लामो खेल जीवनमा विश्व कीर्तिमान १ हजार २ सय ८१ गोल गरे । ब्राजिलका लागि ९२ खेल खेल्दै उनले ७७ गोल गरेका छन् ।

सन् २०१२ जनवरी ९ मा पेलेको हातबाट फिफप्रो वर्ल्ड-११ अवार्ड लिँदै अर्जेन्टिनाका फर्वार्ड लियोनल मेसी (बायाँ) । तस्बिर : एएफपी/रासस

उनी तीनपल्ट विश्वकप जित्ने एक्लो खेलाडी हुन् । पेलेले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जितेका थिए । सन् २००० मा फिफाले उनलाई दशकको खेलाडी घोषणा गरेको थियो ।

सन् १९७८ अगस्ट ३ मा अमेरिकाको न्युयोर्क सहरमा भएको प्रेस कन्फेरेन्समा पेले (बायाँ)‚ कसमस टिम क्याप्टेन वार्नर रोथ (बीचमा) र डच सुपरस्टार जोहन क्रुफ । एपी/रासस

सन् २०१२ जनवरी ९ मा जुरिकमा आयोजित फिफा बालोन डिओर अवार्डको कार्यक्रममा अर्जेन्टिनाका फर्वार्ड लियोनल मेसी (बायाँ)‚ ब्राजिलियन फर्वार्ड पेले (बीचमा) र ब्राजिलियन फर्वार्ड नेयमार (दायाँ) । तस्बिर : एएफपी/रासस

सन् १९७४ डिसेम्बर ६ मा थाइल्यान्डमा किशोरहरूलाई फुटबल सिकाउँदै पेले । तस्बिर : एएफपी/रासस

सन् १९६३ अप्रिलमा ब्राजिल र फ्रान्सको फुटबल प्रतियोगिताबीच रेफ्रीको भनाइ सुन्दै पेले । तस्बिर : एएफपी/रासस

पोर्चुगलका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो (बायाँ) लाई स्विट्जरल्यान्डको जुरिकस्थित ओपेरा हाउसमा फिफा वर्ल्ड प्लेयर गाला २००८ अन्तर्गत फिफा वर्ल्ड प्लेयर अफ द इयरको ट्रफी प्रदान गर्दै विश्वप्रसिद्ध फुटबल खेलाडी पेले । तस्बिर : एपी/रासस

सन् २०१० डिसेम्बर २२ मा ब्राजिलको रियो दि जेनेरियोमा च्याम्पियन मेडल देखाउँदै विश्वप्रसिद्ध खेलाडी एडसन अरान्टेस दो नासिमेन्टो अर्थात् पेले । एएफपी/रासस

सन् १९७१ मार्च ३० मा आफ्ना फ्यानलाई जुल्स रिमेट कप देखाउँदै ब्राजिलका फर्वार्ड पेले । उनले आफ्नो खेल जीवनमा ३ पटकसम्म विश्वकप फुटबलको उपाधि जितेका थिए । तस्बिर : एएफपी/रासस

क्यान्नसको क्रोइसे एभिन्यूमा फुटबल खेल्दै पेले । तस्बिर : एएफपी/रासस


प्रकाशित : पुस १५, २०७९ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्