३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५९

चन्द्रागिरि पुगे भारतीय अभिनेता ओबराय [तस्बिरहरु]

तस्बिर/शब्द: प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — भारतीय चलचित्रका अभिनेता विवेक ओबरायले बिहीबार चन्द्रागिरिको भ्रमण गरेका छन् । अभिनेता ओबरोयलर् पिता सुरेशसहित परिवारले नै पुगेर भालेस्वर मन्दिरको दर्शन गर्नुका साथै रिसोर्टमा लन्च गरेर फर्किएका हुन् । ओबरोय परिवारले चन्द्रगिरिमा करिब साढे २ घण्टा बिताएका थिए। उनी बिहीबार नै पोखरा जाने कार्यक्रम छ ।

बुधबार नेपाल आइपुगेका ओबरायले बिहान पशुपतिनाथको दर्शन गरेका थिए । अभिनेता ओबरायले नेपाल निकै सुन्दर रहेको कान्तिपुरकर्मीसँग बताए । अभिनेता ओबरायले प्याराग्लाइडिङ, बन्जीजम्प, धौलागिरि हिमालको अवलोकनसँगै म्याग्दीको घोरेपानी क्षेत्र घुम्ने कार्यक्रम छ । व्यवसायी पुनम यादवको निम्तोमा आएका ओबरायको नेपाल बसाई १ हप्ताभन्दा बढी हुनेछ ।


प्रकाशित : मंसिर २९, २०७९ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्