१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

तस्बिर/शब्द: प्रकाशचन्द्र तिमिल्सेना

तस्बिर/शब्द: प्रकाशचन्द्र तिमिल्सेनाका लेखहरु :

लेन्स @ रणभूमि

एउटा खबरले मथिङ्गल हल्लायो । अक्टोबर ७ को त्यो घटना वास्तवमा दु:स्वप्नै थियो । र, म त्यो दु:स्वप्नको साक्षी बन्दै थिएँ । दुई दिनअघि मात्रै हमासका लडाकुले हत्या गरेका थिए– १० नेपालीसहित हजारभन्दा बढीको । एक नेपालीसहित दुई सयभन्दा बढी बेपत्ता थिए । 

चन्द्रागिरि पुगे भारतीय अभिनेता ओबराय [तस्बिरहरु]

भारतीय चलचित्रका अभिनेता विवेक ओबरायले बिहीबार चन्द्रागिरिको भ्रमण गरेका छन् । अभिनेता ओबरोयलर् पिता सुरेशसहित परिवारले नै पुगेर भालेस्वर मन्दिरको दर्शन गर्नुका साथै रिसोर्टमा लन्च गरेर फर्किएका हुन् । ओबरोय परिवारले चन्द्रगिरिमा करिब साढे २ घण्टा बिताएका थिए। उनी बिहीबार नै पोखरा जाने कार्यक्रम छ ।

चियाले धानेको जीवन

झापाबाट इलाम जिल्ला उक्लनासाथै सुरुमा स्वागत गर्छ, कन्याम चिया बगानले । हराभरा चियाबगान । चिया बगानभित्रका मजदुरको समस्या, न्यूनतम ज्याला र अधिकारको कुरा चुनावसँगै चर्कन थालेको छ ।

घरैघरको सहर काठमाडौं

संघीय राजधानी काठमाडौं जनघनत्वको हिसाबले नेपालको सबैभन्दा ठूलो सहर हो । २०७८ को प्रारम्भिक जनगणनाको तथ्यांकअनुसार काठमाडौंको जनसंख्या २० लाख १७ हजार ५३२ रहेको छ भने काठमाडौं उपत्यकाको जनसंख्या २९ लाख ९६ हजार ३४१ रहेको छ ।

‘न्याय नपाएसम्म गाउँ फर्किन्नँ’

पश्चिम नवलपरासीबाट आएका मिटरब्याजी पीडितहरू १९ दिनदेखि माइतीघरमा धर्नामा छन् । सुरुका दिनमा करिब २ सयको संख्या अहिले ६० मा झरेको छ । उक्त समूहमा सबैभन्दा ज्येष्ठ व्यक्ति हुन् ७६ वर्षीय प्रेमनारायण कोइरी । पीडितहरू दिनभर माइतीघरमा धर्नामा बस्छन्, बेलुका कीर्तिपुर जान्छन् । ६० जनाको समूह कीर्तिपुरको एउटा अस्थायी टहरामा बस्दै आएको छ ।

'कोभिड फ्रन्टलाइनर'हरुको स्मृतिमा बनाइएको मुरल महानगरपालिकाले मेटायो

'कोभिड फ्रन्टलाइनर'हरुको स्मृतिमा रत्नपार्कको आकाशे पुलमुनि बनाइएको मुरल काठमाडौं महानगरपालिकाले मेटाएको छ । भित्तामा कोरोना महामारीमा अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी र सरसफाइमा खटिएकाहरूको चित्र कोरिएको थियो । बुधबार महानगर प्रहरीले महानगरपालिकाबाट निर्देशन आएको भन्दै उक्त मुरल मेटेका हुन् ।