वनभोजमा रम्दै सौराहाका हात्ती [तस्बिरहरु]

पुस १३, २०८१

तस्बिर/शब्द: प्रकाशचन्द्र तिमिल्सेना

Elephants of Sauraha feasting in the forest [Photos]

चितवन — सौराहामा बिहीबारदेखि हात्ती तथा पर्यटन महोत्सव जारी छ । क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको सन्दर्भ पारेर क्षेत्रीय होटल संघ (हान) सौराहाले सन् २००५ देखि हात्ती महोत्सव गर्न थालेको हो । यो १८ औं संस्करणको हात्ती महोत्सव हो । सौराहा आडको बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा पुस १५ गते सोमबारसम्म महोत्सव सञ्चालन हुने छ । हात्तीहरुको वनभोज कार्यक्रम आकर्षणको रुपमा रहँदै आएको छ ।

Elephants of Sauraha feasting in the forest [Photos]

महोत्सवमा हात्तीको पेनल्टी शूट आउट, सुन्दरी प्रतियोगिता र हात्तीहरुको वनभोज कार्यक्रम आयोजना गरिएको हो । हात्तीहरुको वनभोज कार्यक्रममा विभिन्न किसिमका मिष्ठान्न परिकारहरु तयार पारियको थियो । शनिबार ३५ वटा हात्तीलाई वनभोज गराइएको थियो । ड्र्यागन फ्रुट, स्याउ, उखु, केरा, घाँस, खर्बुजा, भूइँकटहर, मकै, पाउरोटी , सुन्तला, भेलिमा पकाएको चामल, लगायतका खानेकुरा खुवाइएको थियो ।

Elephants of Sauraha feasting in the forest [Photos]
Elephants of Sauraha feasting in the forest [Photos]
Elephants of Sauraha feasting in the forest [Photos]
Elephants of Sauraha feasting in the forest [Photos]
Elephants of Sauraha feasting in the forest [Photos]
Elephants of Sauraha feasting in the forest [Photos]
Elephants of Sauraha feasting in the forest [Photos]
Elephants of Sauraha feasting in the forest [Photos]

तस्बिर/शब्द: प्रकाशचन्द्र तिमिल्सेना

Link copied successfully