फुटबल मैदानमा मेयर बालेन्द्र


काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख र प्रशासकीय अधिकृतको टोलीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको छ । २८ औं महानगर दिवसको अवसरमा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार महानगरका प्रतिनिधि र कर्मचारीको टोलीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको हो । प्रतियोगितामा मेयर बालेन्द्र शाहले पनि फुटबल खेलेका छन् । मेयर शाहको टिम प्रशासकीय अधिकृतको टिमसँग ६–१ गोलले पराजित भएको छ । फुटबल हेर्न उपमेयर सुनिता डंगोल समेत कार्यक्रममा उपस्थित थिइन् ।












