२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

चुनावमा सुनसान काठमाडौंका सडक

तस्बिर : दीपक केसी

काठमाडौँ — प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनका कारण राजधानी काठमाडौंका सडक सुनसान देखिएका छन् । निर्वाचनमा बाधा पुग्न सक्ने भन्दै सरकारले मतदान गर्ने दिन सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।

यसका साथै आफ्नो रोजाइका प्रतिनिधि चुन्नका लागि आ-आफ्नो क्षेत्रमा गएपछि केही दिनदेखि काठमाडौं सुनसान देखिएको छ । पाँच वर्षपछि आएको यो अवसर प्रयोग गर्दै १ करोड ७९ लाख मतदाताले संघीय र प्रादेशिक तहको नेतृत्व छान्दै छन् ।

झन्डै ८ वर्ष लगाएर जनताले पहिलो पटक आफ्ना प्रतिनिधि (संविधानसभा)मार्फत लेखेको वर्तमान संविधान लागू भएपछि हुँदै गरेको यो दोस्रो आवधिक निर्वाचन हो । यो निर्वाचनमा करिब २३ लाख मतदाता (१३ प्रतिशत) पहिलो पटक सहभागी हुँदै छन् । 


प्रकाशित : मंसिर ४, २०७९ १३:०९
प्रतिक्रिया
पठाउनुहोस्