ऐतिहासिक कात्तिक नाचको रौनक

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — पाटन दरबार क्षेत्रमा लोकप्रसिद्ध कात्तिक नाच देखाइएको छ । कात्तिक १३ गतेदेखि ऐतिहासिक कात्तिक नाच देखाउन सुरु गरिएको हो । कात्तिक नाचकै क्रममा सोमबार राति नृसिंह अवतार नृत्य अर्थात हिरण्यकश्यपुको वधको दृश्य देखाइएको हो । मंगलबार दधि लीलासँगै कात्तिक नाच सम्पन्न हुने कात्तिक नाच संरक्षण समितिले जनाएको छ ।

नाचमा नरसिंह अवतारमा नृत्य गर्नेले दैत्यको वध तान्त्रिक विधिबाट गरिन्छ । ब्यूँझाउने पनि तान्त्रिकबाट नै हुन्छ । नरसिंह भएर नृत्य गर्ने तन्त्र जपेर नृत्य गरेका हुन्छन् । यसका लागि नुहाइधुवाई गरेर चोखो भई उपवास बस्नुपर्छ । दैत्यलाई ब्यूँझाउने भूमिका तलेजुका पुजारीले गर्छन् । नरसिंह नाचमा कृष्ण मन्दिरका पुजारीले अभिनय गर्ने चलन छ ।

सिद्धिनरसिंह मल्लले नेपाल सम्वत ७६१ मा यो नाचको प्रचलन सुरु गराएको संस्कृतिविद्हरु बताउँछन् । सुरुमा ८ दिन देखाइने यो नाच मल्लका छोरा श्रीनिवासले लोक नाटक बा:थ:प्याँख थपेर १५ दिन पुर्‍याएका थिए । पछि फेरि श्रीनिवासका छोरा योगनरेन्द्रले माधवनर र उषाहरण गरी १५ दिन थपेर कात्तिक महिनाभरी नाच देखाउने प्रचलन बसाएको बताइन्छ ।


प्रकाशित : कार्तिक २१, २०७९ १५:३२
प्रतिक्रिया
पठाउनुहोस्

मनाइयो म्ह पूजा

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — बुधबार साँझ नेवार समुदायमा म्ह (आत्म) पूजा गरिएको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायले आफ्नो आत्म (म्ह) पूजा पर्व मनाउने गर्दछन् । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय मान्यता रहेको छ । आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवीदेवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास छ । यसैबीच बुधबारै नेपाल संवत् ११४३ सुरु भएको छ । नयाँ वर्षका उपलक्ष्यमा काठमाडौंको वसन्तपुरमा भिन्तुना र्‍याली आयोजना गरिएको थियो ।


प्रकाशित : कार्तिक १०, २०७९ ०७:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×