कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९४

साताका ७ तस्बिर

कान्तिपुर संवाददाता

काठमाडौँ — यो हप्ता कान्तिपुरमा छठ पर्वदेखि विभिन्न चुनावी प्रचारप्रसारका तस्बिरहरू प्रकाशित भएका छन् । कालीकोटमा तिला नदीको पुल वर्षाले क्षतिग्रस्त भएपछि काठको भर्‍याङ राखिएको तस्बिर पनि यो हप्ता निकै चर्चित भयो ।दसैंलगत्तैको अविरल वर्षाले झोलुंगे पुल क्षतिग्रस्त भएपछि कालीकोट स्थानीयले नदी तर्न पुलको बीचमा बनाएको काठको भर्‍याङ । तस्बिर : तुलाराम पाण्डे/कान्तिपुर

टेकु दोभानस्थित बाटो बनाउने क्रममा पार्क गरी राखिएको एक्स्काभेटर र बकेटबीच भागबाट निस्किँदै मोटरसाइकल चालक । तस्बिर : सन्जोग मानन्धर /कान्तिपुर

सूदूरपश्चिमको बाजुरा र कर्णाली प्रदेशका हुम्ला, डोल्पा र मुगु जिल्लामा मतपत्रसहित ५३ प्रकारका निर्वाचन सामग्री नेपाली सेनाको हेलिकप्टरबाट पठाउँदै कर्णाली प्रदेश निर्वाचन कार्यालय । तस्बिर : हरिहरसिंह राठौर/कान्तिपुर

पाल्पाको रैनादेवी छहरा–५, मुझुङमा बाँदर धपाउने घरेलु यन्त्रको परीक्षण गर्दै । तस्बिर : माधव अर्याल/कान्तिपुर

छठ पूजाको अवसरमा काठमाडौंको गुहेश्वरीमा आराधाना गर्दै व्रतालु महिला । तस्बिर : इलिट जोशी/कान्तिपुर

पाल्पामा पार्टीका नेता तथा कार्यकर्ताहरू गाउँटोलमा पुगेर मतदाता शिक्षा दिँदै । तस्बिर : माधव अर्याल/कान्तिपुर

चौँरीगोठमा छुर्पी मिलाउँदै पानीभित्ता, चिवाभञ्ज्याङ (३२०० मिटर ) की कीपा ल्हामु शेर्पा । पानीभित्ता, चिवाभञ्ज्याङ सिक्किमको सिमानामा पर्दछ । कीपाले छुर्पी प्रतिमाला २ सय रुपैयाँमा बेच्ने गर्छिन् । कीपाले छुर्पी र माला बेचेरै दुई जना छोरीलाई सिक्किममा पढाउँदैछिन् । तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर


प्रकाशित : कार्तिक १९, २०७९ १३:०४
प्रतिक्रिया
पठाउनुहोस्