२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

अलपत्र पुलमुनि बाँसको फड्के

रतुवा नदीको पुल झन्डै डेढ दशकदेखि अलपत्र
शब्द/तस्बिर : पर्वत पोर्तेल

रतुवामाई,मोरङ — दक्षिण झापाको गौरीगञ्ज गाउँपालिका र दक्षिण पूर्वी मोरङको रतुवामाई नगरपालिका जोड्ने हुलाकी मार्गमा पर्ने रतुवा नदीको पुल झन्डै डेढ दशकदेखि अलपत्र छ ।

बन्दाबन्दै छाडिएको पुलको तल्लो भागबाट बाँसको फड्के बनाएर सर्वसाधारण नदी तर्न बाध्य छन् । ‘नदी तरेको पनि पैसा तिर्नुपर्छ’, स्थानीय बच्चुलाल सिंहले दुखेसो पोखे,‘दु:खमाथि पनि राज्यले कर थोपरेर थप दु:ख दिइरहेको छ ।’ सिंहका अनुसार फड्के तरेबापत मोटरसाइकलले सय रुपैयाँ, साइकलले ५० रुपैयाँ र व्यक्तिले १० रुपैयाँ कर बुझाउनु पर्छ ।

बर्खायामका ६ महिना नदी वारपारका लागि डुंगा सञ्चालन हुन्छ । डुंगा चढ्दा पनि स्थानीयले कर तिर्छन् ।

अधकल्चो पुल पूरा गर्ने वाचा गर्दै विभिन्न पार्टीका उम्मेदवारहरुको आउजाउ रतुवामाई ६ चौकी घाटमा फेरि बाक्लिएको छ । तर, नेतााहरुप्रति स्थानीय मतदाता ढुक्क देखिँदैनन् । ‘५ वर्षअघि पनि पुल पूरा गर्छांै भने तर अहिलेसम्म पूरा गरेनन्’, कलावती यादवले आक्रोशित हुँदै भनिन्,‘नेताहरुले बोल्ने मात्रै रै’छन् ।’


प्रकाशित : कार्तिक १४, २०७९ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्